विश्वका धनाड्य र नेताका ट्वीटर अकाउन्ट ह्याक

विराटनगर, १ साउन ।

विश्वका अर्वपति धनाड्य व्यापारी र नेताहरुको ट्वीटर अकाउन्ट ह्याक गरिएको छ ।

अर्वपति व्यापारी एलन मस्क, जेफ बजोस, विल गेट्ससमेत संसारका धेरै ठूला व्यापारीहरुको अकाउन्ट ह्याक भएको हो ।

बीबीसीकाअनुसार यो ह्याकि बिटकोइन स्क्याम हो । बिटकोइनमा चन्दा माग गर्दै अकाउन्ट ह्याक गरिएको छ ।

बिल गेट्सको अकाउन्टबाट गरिएको ट्वीटमा भनिएको छ, ‘सबैले मलाई समाजका लागि केही गर्न भनिरहेका छन्, अब त्यो समय आएको छ । तपाईं मलाई एक हजार डलर पठाउनुहोस्, म तपाईंलाई दुई हजार डलर फिर्ता पठाउनेछु ।’

टेस्लाका प्रमुख एलन मस्कको अकाउन्टमा गरिएको पोस्टमामा अबको एक घण्टाभित्र बिटकोइनमा पठाएको पैसा दोब्बर भएर फिर्ता हुने उल्लेख गरिएको छ ।

बिटकोइनको अकाउन्टमा लिंकसहित ट्वीटमा लेखिएको छ, ‘म कोभिड–१९ महामारीका कारण दान गरिरहेको छु ।’

पोस्ट गरिएको केही मिनेट भित्र नै यो ट्वीट डिलिट भयो ।

अमेरिकाका चर्चित र्यापर कान्ये वेस्ट, पूर्व राष्ट्रपति बराक ओबामा र डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेद्वार जो बाइडेन बाहेक संसारका ठूलो कम्पनीमा संलग्न उबर र एप्पल अकाउन्ट पनि ह्याक भएको छ ।

केही बेरमा ह्याकरलाई सयौं मानिसहरुले एक लाख डलरभन्दा बढी पठाएको खुलेको बीबीसीले जनाएको छ ।

निशाना बनाएर ह्याक गरिएका अकाउन्टमा हजारौं फलोअर्स छन् ।

ट्वीटरले आफूले यो घटनाको अनुसन्धान गरिरहेको र चाँडै नै निस्कर्षमा पुगिने भनेर सबैलाई आश्वास्त पारेको छ ।

अर्को एउटा ट्वीटमा घटनाबारे अनुसन्धान चलिरहेका बेला पासवर्ड रिसेट गर्न नसकिने र केही पनि ट्वीट गर्न नसकिने बताइएको छ ।

ह्याक गरिएका कारण आफूले ट्वीट गर्न नपाएको केही प्रयोगकर्ताले बताएका छन् ।

Loading...