सिन्धुपाल्चोकमा पहिरो, पाँचजना बेपत्ता

सिन्धुपाल्चोक, १ साउन । सिन्धुपाल्चोकमा पहिरोमा परी पाँचजना बेपत्ता भएका छन् ।

बुधबार रातिको अविरल वर्षापछि आएको पहिरोले भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा दुई घर बगाउँदा ५ जना बेपत्ता भएका हुन ।

राति करिब १ बजे आएका पहिरो दुई वटा घर बगाएको छ । पहिराेले स्थानीय विद्यालयमा पनि क्षति पुगेको छ ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार पहिरोमा ग्याल्जेन शेर्पाको परिवारका ५ जना सदस्य बेपत्ता भएका छन् ।

बेपत्ताका खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Loading...