आज साउने संक्रान्ति

विराटनगर,१ साउन । आज साउने संक्रान्ति पर्व मनाइदैछ । साउने संक्रान्तिमा लुतो फाल्ने परम्परा पनि छ ।

असार महिनामा हिलोमाटोमा काम हुने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिमा थाल, नाङ्लो ठटाउने तथा शंख बजाएर लुतो फाल्ने परम्परा छ ।

साउन महिना भरी भगवान् शिवको पूजा गरेर मनाइन्छ । प्रत्येक सोमबार शिवका मन्दीरमा जल चढाउने र ब्रत बस्ने परम्परा छ ।

साउनमा महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् । साउन महिनामा माछा मासु लसुन प्याज खान नहुने विश्वास छ ।

विगत वर्षकाे साउन महिनामा देशभरका शिव मन्दीरमा भिड लाग्ने गर्थ्यो । तर कोरोना महामारीका कारण यो वर्ष घरमै बसेर मनाउदैछन् ।

Loading...