birat ribon

तेस्रो मुलुकबाट २७ हजार नेपाली घर फर्किए, १६० जनाको शव ल्याइयो

Neuro
तेस्रो मुलुकबाट २७ हजार नेपाली घर फर्किए, १६० जनाको शव ल्याइयो

काठमाडौं, १ साउन । लकडाउनमा सरकारले तेस्रो मुलुकबाट २७ हजार बढी नेपालीलाई स्वदेश फर्काएको छ । भारतबाहेक अन्य मुलुकबाट २७ हजार १२५ जना नेपाली स्वदेश फर्किएका हुन । भारतबाट फर्किएको तथ्याङक छैन् ।

Padelux insider
cura insider

विदेशमा निधन भएका १६० जना नेपालीको शव पनि ल्याइएको छ । शव आफन्तको जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।

बुधबार पनि ५९३ जना नेपाली स्वदेश फर्किएका छन् । बुधबारअघि असार २८ गतेसम्म २७ हजार ५३२ जना नेपाली स्वदेश फर्किएका थिए । बुधबार नेपाल फर्कनेमा मलेसियाबाट १७, सिङ्गापुर र अस्ट्रेलियाबाट ५१, युएईबाट २८४ र कतारबाट १४१ जना छन् ।

विदेशमा कोरोना भाइरसको सङ्क्रमणमा परेका नेपाली नागरिकमध्ये ९२ प्रतिशत संक्रमणमुक्त भएको गैरआवासीय नेपाली सघंले जनाएको छ ।

विभिन्न एयरलाइन्सका १४९ उडानमार्फत उनीहरूको उद्धार गरिएको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

jackson ribon