birat ribon

सिटीको जितमा सिल्भा र जेससको गोल

Neuro
सिटीको जितमा सिल्भा र जेससको गोल

एजेन्सी, १ साउन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नमाउथमाथि २–१ गोलको जित निकालेको हो ।

Padelux insider
cura insider

सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन डेभिड सिल्भा र ग्राबियल जेससले समान एक–एक गोल गरे । बर्नमाउथका डेभिड ब्रूक्सले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा सिटीले सिल्भाको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको ३९औं मिनेटमा जेससले गोल गरेपछि पहिलो हाफभरि सिटीले २–० गोलको अग्रता बनायो ।

यस्तै खेलको ८८औं मिनेटमा ब्रूक्सले गोल गर्दै बर्नमाउथलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर, बाँकी समय गोल हुन नसक्दा सिटीले २–१ गोलको जित निकाल्यो ।

जितसँगै दोस्रो स्थानको सिटीले ७५ अंक बनाएको छ । उसले शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी १८ मा झारेको छ । समान खेल खेलेको लिभरपुलसँग ९३ अंक छ ।

यता, बर्नमाउथ भने ३१ अंकका साथ रेलिगेशन जोनमा छ ।

jackson ribon