birat ribon

योग र ध्यानले कोभिड १९ उपचारमा सहायता गर्न सक्ने

Neuro
योग र ध्यानले कोभिड १९ उपचारमा सहायता गर्न सक्ने

विराटनगर, १ साउन । कोभिड १९ महामारीको बेला प्रतीरक्षाको बारेमा धेरै कुराहरू भइरहेका छन् ।

Padelux insider
cura insider

प्रतीरक्षा प्रणाली मजबुत भएको खण्डमा कोभिड १९बाट संक्रमित हुने सम्भावना कम हुनेसमेत बताइएको छ ।

यस्तैमा खानेकुराका साथै योग र ध्यानले पनि मानिसको शरीरको प्रतीरक्षा प्रणाली मजबुत गर्नका लागी महत्तवपूर्ण भूमिका निर्वाह गर्ने देखिएको छ ।

व्यक्तिहरू आफ्नो प्रतीरक्षा प्रणाली बढाउन र सुधार गर्नका लागि योग र ध्यानका विधिहरू प्रयोग गर्दैछन् । तर, के यी अभ्यासहरूले कोभिड १९ बाट साँच्चिकै रक्षा गर्न सक्दछन् भन्ने ठूलो प्रश्न रहेको छ ।

वैकल्पिक र पूरक चिकित्सा जर्नल (जेएसीएम) मा प्रकाशित अध्ययनका अनुसार ध्यान र योग अभ्यासहरूका अन्य लाभदायक प्रभावहरूले गर्दा यी दुई विधिलाई कोभिड १९ को सम्भावित सहायक उपचारमा प्रयोग गर्न सकिने देखाएको छ ।

अनुसन्धानले योगको धेरै प्रतिरोधात्मक क्षमता बढाउन सक्ने पनि देखाएको छ ।

क्यालिफोर्निया विश्वविद्यालय का दीपक चोपडा, म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका विलियम बुशेल, र हार्वर्ड विश्वविद्यालय र हार्वर्ड टी.एच.चान स्कूल अफ पब्लिक हेल्थका सह-लेखकहरूका अनुसार ध्यान र योगले सम्भावित प्रतीरक्षा प्रणालीको बृद्धिका लागि प्रारम्भिक प्रमाण देखाएको र केही प्रकारका ध्यान, योग र प्राणायामले संक्रमणविरुद्ध बचाउन सक्नेसमेत क्षमता राख्छ ।

योग र ध्यानले वास्तवमा कोभिड १९ लाई उपचार गर्न मद्दत गर्न वैज्ञानिक प्रमाणहरू जुटाउनका लागी थप अनुसन्धान आवश्यक हुने बताइएको छ ।

तर, डाक्टरहरूले कोभिड १९को उपचारको रूपमा व्यवहार गरिरहेका अन्य आयुर्वेदिक उपचारहरू जस्ता, योग र ध्यान मात्र तरिकाहरू हुन् कोरोना भाइरससँग लड्नका लागि तयार गर्न सकिने बताएका छन् ।

र, संक्रमित भएको खण्डमा नियमित रूपमा योग र ध्यानका साथै चिकित्सा उपचार पनि आवश्यक हुन सक्छ ।

योग र ध्यानले प्रतीरक्षा प्रणाली मजबुत बनाएर संक्रमण हुँदैन भन्दैमा कोभिड १९ बाट सुरक्षित रहन मद्दत गर्ने मास्क लगाउने र सामाजिक दूरी अपनाउने जस्ता कुराहरूमा लापरवाही भने गर्न हुँदैन ।

jackson ribon