birat ribon

वातावरण सहज बने लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने

Neuro
वातावरण सहज बने लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने

काठमाडौं, ३१ असार । यातायात व्यवसायीहरूले वातावरण सहज बने लामो दुरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन् ।

Padelux insider
cura insider

यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरूले सहज वातावरण भए लामो दुरीको यातायात सेवा सञ्चालन गर्न सकिने प्रस्ताव गरेका हुन् । सरकारले आफूहरूसँग परामर्श नगरी यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेपछि रुष्ट बनेको व्यवसायीहरुले विभागमा भएको सर्वपक्षीय छलफलमा यस्तो प्रस्ताव गरेका हुन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले वातावरण सहज बने लामो दूरीको यातायात सञ्चालन गर्ने प्रस्ताव गरिएको बताए । आफ्ना मागहरूप्रति सरकार सकारात्मक बनि स्वस्थ्य यात्राो वातावरण बने लामो दुरीको सवारी सञ्चालन गर्न सकिने प्रस्ताव छलफलको क्रममा रहेको उनले बताए ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीम ढकालले सवारी सञ्चालनका लागि जारी भएको प्रोटोकलका विषयमा छलफल भएको बताए । कोरोनाको संक्रमणबाट यात्रुहरूले जोगाएर आवागमनलाई सहज बनाउने सम्बन्धमा सर्वपक्षीय बैठकले निर्णय गरेको उनले बताए ।

jackson ribon