birat ribon

लकडाउनभरिको भाडा छुट गर्नुपर्ने भन्दै सिभिल मलका व्यापारी प्रदर्शनमा

Neuro
लकडाउनभरिको भाडा छुट गर्नुपर्ने भन्दै सिभिल मलका व्यापारी प्रदर्शनमा

काठमाडौं, ३१ असार । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिको पूरै भाडा छुट गर्नुपर्ने माग गर्दै सिभिल मलका व्यापारीहरूले प्रदर्शन गरेका छन् ।

सिभिल मलका व्यापारीहरू लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालकविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

cura insider

सिभिल मल व्यापार संघका उपाध्यक्ष धनबीर श्रेष्ठले लकडाउन अवधिको पूरै भाडा छुट गर्नुपर्ने माग गर्दै १० दिनयता प्रदर्शन गरिरहेको बताए ।

उनले मल सञ्चालकले वार्ताका लागि अहिलेसम्म नबोलाएको र सञ्चालकसँग समझदारी नहुँदासम्म आन्दोलनलाई जारी राख्ने बताए ।

व्यापारीहरूले लकडाउन अवधिभर पसल खोल्न नपाएको भन्दै उक्त अवधिको पुरै भाडा छुट दिनुपर्ने बताएका छन् । उनीहरूले लकडाउन खुलेपछि पनि व्यापार नभएकाले भाडा तिर्न नसक्ने बताएका छन् ।

jackson ribon