birat ribon

धरहरा पुनर्निर्माणका कामदार क्वारेन्टाइनमा

Neuro
धरहरा पुनर्निर्माणका कामदार क्वारेन्टाइनमा

काठमाडौँ, ३१ असार । धरहरा पुनर्निर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको छ ।

सरकारले ११ चैतदेखि देश पूरै लकडाउन गरेपछि नियमित रूपमा काम गरिरहेका कामदार घर गएका थिए ।

cura insider

रोकिएको काम अघि बढाउन पुनःनिर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो ।

ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको र पिसिआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ ।

कोरोना सङ्क्रमणको कारण पछिल्लो समय बाहिरी जिल्लाबाट ल्याइएका कामदारको कोरोना परीक्षणपछि मात्र काममा लगाउनका लागि क्वारेन्टिनमा राखिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए ।

अहिले उनीहरूको परीक्षणको लागि नमूना सङ्कलन भइरहेको छ ।

परीक्षणपछि काममा लगाइने सम्पदाविज्ञ मानन्धरले बताए । अहिले धरहराको पुनर्निर्माणको लागि ३५ कामदार नियमित रूपमा लागिरहेकाे उनले जानकारी दिए ।

jackson ribon