birat ribon

मोडर्नाको कोभिड १९ खोपको अन्तिम चरणको परीक्षण जुलाई अन्तिमबाट हुने

Neuro
मोडर्नाको कोभिड १९ खोपको अन्तिम चरणको परीक्षण जुलाई अन्तिमबाट हुने

विराटनगर, ३१ असार । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले आफ्नो कोभिड १९ खोपको परीक्षणको अन्तिम चरण २७ जुलाईबाट सुरु गर्ने योजना बनाएको छ ।

Padelux insider
cura insider

अमेरिकाको नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक तथा वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थनी फाउचीले अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिड १९ खोपले वैज्ञानिकहरूको अपेक्षानुसार मानिसहरूका प्रतिरक्षा प्रणालीलाई फाइदा पुर्‍याएको बताएका छन् ।

क्याम्ब्रिज, म्यासाचुसेट्स आधारित बायोटेक कम्पनीले संयुक्त राज्य अमेरिकामा तेस्रो चरणअध्ययन सुरू गर्न मिति घोषणा गर्ने पहिलो हो ।

यूएस नेश्नल लाइब्रेरी अफ मेडिसिनका अनुसार उक्त अध्ययनले १८ बर्ष र अधिक उमेरका ३० हजार वयस्कहरूमा खोपको प्रभावकारिता, सुरक्षा र प्रतिरक्षाको मूल्यांकन गर्ने लक्ष्य राखेको छ ।

मंगलबार, अनुसन्धानकर्ताहरूले ४५ जनामा गरिएको परीक्षणको नतिजामा स्वयंसेवकहरूको शरीरमा प्रशस्त एंटीबडिहरू विकसित भएको पाइएको छ ।

यी एन्टीबडिहरूहरू संक्रमण रोक्नको लागि महत्त्वपूर्ण छ ।

उक्त शोध टोलीले न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा खोप दिएका स्वयम्सेवकको रगतमा भेटिएका एन्टिबडीहरू कोभिड १९बाट संक्रमित बिरामीहरूको शरीरको जस्तै रहेको बताएका छन् ।

खोपको अन्तिम परिणामहरू कहिले प्राप्त हुन्छन् भन्ने बारेमा कुनै ग्यारेन्टी नभएपनि सरकारले यस वर्षको अन्त्यसम्ममा खोप विकास हुने आशा राखिएको छ । भ्याक्सिनको केही पनि साइड इफेक्ट नरहेको बताइएको छ ।

jackson ribon