birat ribon

‘प्रधानमन्त्रीको स्वीस बैंकमा खाता छैन’

Neuro
‘प्रधानमन्त्रीको स्वीस बैंकमा खाता छैन’

काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरू गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गरेका छन् ।

Padelux insider
cura insider

बुधबार एक विज्ञप्ती जारी गर्दै उनले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता नभएको स्पष्ट पारेका हुन् ।

‘स्वीस बैंकमा प्रधानमन्त्री ओलीको ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित हो ।’ जारी विज्ञप्तीमा उल्लेख छ ।

‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील वेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्व रहेको प्रष्ट नै छ,’ थापाले जारी गरेकाे विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा झुटो समाचारको खण्डन गर्दै ‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक रहेको’ बताइएको छ ।

उनले समाचारमा कुनै सत्यता नभएको भन्दै आम नेपालीहरूलाई यस्ता दुष्प्रचारको भ्रममा नपर्न अपिलसमेत गरेका छन् ।

प्रेस नाेट"ग्लाेबल वाच एनालाइसिस"काे हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे…

Posted by Prime Minister's Press Advisor on Tuesday, July 14, 2020

jackson ribon