‘विप्लव’ समुहका सैन्य कमाण्डरमाथि आठ स्थानमा विष्फोट गराएको आरोप

विराटनगर, ३० असार । मोरङ प्रहरीले विप्लव समूहका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई पक्राउ गरेको छ । मंगलबार हतियारसहित उर्लाबारीबाट पक्राउ गरेको हो ।

घरमा आएको सूचना पाएको प्रहरीले पक्राउ परेका बोहरामाथि प्रहरीले १० स्थानमा अपराधिक गतिबिधी गरेको आरोप लगाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बोहरा बम बिष्फोट, हतियार ओसारपसार लगायत आरोप लगाएको छ ।

प्रहरीले बोहराको साथबाट एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली, डेटोनेटर र सकेट बम, नेपाल टेलिकमको सातवटा सीम, एनसेलका दुईवटा सीमकार्डलगायत सामाग्री बरामद गरेको छ ।

बाेहरा माथि ८ अस्थानमा बम राखेकाे तथा विष्फाेट गराएकाे दाबि प्रहरीकाे छ । मोरङ पथरी शनिश्चरे नगरपालिका १ स्थित पूर्व पश्चिम लोकमार्गको १२ चैत २०७४ मा बम बाेहराकै याेजनामा राखिएकाे प्रहरीकाे दाबि छ ।

त्यस्तै १३ जेठ २०७६ मा सुन्दरहरैचा नगरपालिका वडा नं ७ ठडिया स्थित पूर्व पश्चीम राजमार्गमा कुकर बम राखेको आरोप छ ।

बोहरा माथि गत १० माघमा मोरङ मिक्लाजुङ गाउँपालिका १ साकेलाथानमा ३ वटा स्काभेटरमा बम बिस्फोट गराई आगो लगाएको आरोप पनि छ । किसानचौक टाडी– रमिते –आइतबारे सडकखण्डमा निर्माण कार्यमा प्रयोग भएको स्काभेटर आगजनी भएको थियो ।

१० माघमा मोरङ केरावारी गाउँपालिका १० स्थित गाउँपालिकाको कार्यालयमा र १२ माघमा केराबारी २ स्थीत एनसेल टावरमा बम बिस्फोटन गराएको आरोप छ ।

२३ भदौंमा झापा बिर्तामोड २ चारपाने चौक स्थीत साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्माणधिन भवनमा बम बिष्फोट गराएको, २० भदौमा सुनसरी इटहरी ९ मा रहको सुष्मा गोदावरी स्कुलको कम्पाउण्डमा बम विष्फोट गराएको, सोही दिन धरान– १९ स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कूलको गेटमा बम बिष्फोटन गराएको घटनामा संलग्न भएकाे आरोप छ ।

संखुवासभा र भोजपुर जिल्लामा हातहतियार सम्बन्धी विभिन्न घट्नामा संलग्न भएको माेरङ प्रहरीकाे दाबि छ । प्रहरी स्राेतका अनुसार सैन्य कमाण्डर भएका कारण उनलाइ प्रदेश १ मा भएकाे सबै घटनामा संलग्न भएकाे आशंकामा सुरू भएकाे छ ।

Loading...