परराष्ट्रले भन्यो ‘प्रधानमन्त्रीको अभिव्यक्ती राजनीतिक विषय होइन्’

काठमाडौं, ३० असार । अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद अभिव्यक्ती दिएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रधानमन्त्री ओलीको अभिव्यक्ति राजनीतिक विषय नभएको स्पष्टिकरण दिएको हो ।

अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति प्रति तिब्र आलोचना भइरहेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन ।’

मन्त्रालयले ओलीको अभिव्यक्ती कसैको भावनालाई ठेस पूर्याउने गरी नआएको बताएको छ ।

ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गरेका थिए ।

Loading...