भारतको बिहारमा पून लकडाउन घाेषणा

विराटनगर, ३० असार । कोरोना संक्रमित बढ्न थालेपछि भारतको बिहार राज्यलाई पून लकडाउन घोषणा गरिएको छ । दैनिक एकहजार बढी संक्रमित भेटिन थालेपछि १६ जुलाईदेखि ३१ जुलाईसम्म बिहारमा लकडाउन घोषणा गरिएको हो ।

मंगलवार मुख्यसचिवको अध्यक्षता बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेकाे उपमुख्यमन्त्री सुशील मोदीले जानकारी दिएका छन् ।

लकडाउन घोषणा भएपनि रेल सेवा, हवाई यातायात र सडक यातायात भने खुला रहने छन् ।
कार्यालय र बजार बन्द रहनेछन् ।

भारतीय सञ्चार माध्ययमहरूका अनुसार बिहारका ग्रामिण कार्य मन्त्री शैलेश कुमार र गृह विभाग मुख्यसचिव आमिर सुबहानीलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

केही दिन अघि भारतीय जनता पार्टी बिहार अफिसमा २४ जनालाई कोरोना संक्रमण देखिएको थियो ।

बिहार प्रान्तका ३८ जिल्लामा १७ हजार ४ सय २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । ती मध्ये १२ हजार ३ सय ६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको हिन्दुस्तान दैनिकले जनाएको छ ।

Loading...