सोती घटनाको अध्ययन गरी कार्यान्वनमा लगिने : सभामुख सापकोटा

काठमाडाैं, ३० असार । सभामुख अग्नीप्रसाद सापकोटाले सोती घटनाको अध्ययन गरी कार्यान्वनमा लैजाने बताएका छन् ।

संसदीय छानविन समितिले आज बुझाएको सोती घटनाको प्रतिवेदन बुझ्नुहुँदै सभामुख सापकोटाले रूकुम पश्मिको चौरजाहारी नगरपालिका सोतीमा जेठ १० गते घटेको घटनाको प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजाने बताए ।

दुरगामी महत्वको घटना भएकाले छिट्टै अध्ययन गरी कार्यान्वयनमा लैजाने कुराको हेक्का आफूले राखेको उनले बताए ।

रुकुम सोती घटना छानबिन संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुखलाई बुझाएको छ ।

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोती घटनाका सन्दर्भमा अध्ययन गर्न गठित समितिले आज सभामुख अग्नि प्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो ।

प्रतिनिधिसभा बैठकबाट जेठ २६ गते समिति गठन भएको थियो । समितिले जेठ ३१ गतेबाट काम सुरु गरेको थियो ।

घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।

Loading...