birat ribon

क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारागारमा कोरोना संक्रमणको जोखिम बढ्यो

Neuro
क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारागारमा कोरोना संक्रमणको जोखिम बढ्यो

काठमाडाैं, ३० असार। क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारागारहरूको भौतिक अवस्थाका कारण कोरोना संक्रमणको जोखिम बढेको छ ।

Padelux insider
cura insider

कारागार, बाल सुधार गृह र हिरासत कक्षहरूको भौतिक संरचनाका कारण कोभिड-१९ को जोखिम बढेको हो । महान्यायाधिवक्ता अग्नि खरेलले कारागारहरुको अनुगमनका क्रममा सबै ठाउँमा स्थास्थ्यकर्मीहरूको अभाव देखिएको बताए ।

कोभिड—१९ संक्रमणबाट सुरक्षित रहन सावधानी अपनाएको पाइएपनि स्वास्थ्य सेवाको उपलब्धता प्राथमिकतामा राखेको नदेखिएको उनकाे भनाइ थियाे ।

सबै स्वास्थ्य सुरक्षाका उपायहरु प्रभावकारी रूपमा अबलम्बन गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले दैनिक रुपमा कारागार र हिरासत कक्षका भेटघाट कक्षहरु सेनिटाइज गर्नुपर्ने आवश्यकता रहेको बताए ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिम भएको छलफलमा उनले बाल सुधार गृहहरुमा आधारभूत पुस्तकालय र शिक्षकको व्यवस्था नभएको बताए । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले प्रत्येक कारागारमा कम्तिमा १ जना कानूनी अधिकृत हुनैपर्ने आवश्यकता रहेको बताए ।

भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको उल्लेख गर्दै उनले विचाराधीन मुद्दाका अभियुक्तलाई स्थानान्तरण गर्दा समस्या हुने गरेको बताए । धेरै ठाउँमा कैदी र थुनुवालाई एकै ठाउँमा राखिएको पाइएकाले त्यस्तो गर्न कानूनले बन्देज गरेकोतर्फ ध्यान दिन उनले आग्रह गरे ।

गृहमन्त्री रामबहादुर थापाले सुधारगृहको रूपमा विकास हुनुपर्ने कारागारहरू अहिले पनि यातनागृह र अपराधगृहजस्तो अवस्थामा रहेको बताए । सबै ठाउँमा भवनहरू जीर्ण अवस्थामा रहेको उनले बताए ।

सरकारी अवधारणा अनुसार कारागारहरूलाई सुधार गृहको रूपमा रुपान्तरण गर्नुपर्ने उनले बताए ।

jackson ribon