birat ribon

मेलम्ची खानेपानी सुरुङ परीक्षणको क्रममा अस्थायी ड्या्म फुट्यो, दुई जना बेपत्ता, २ घाइते

Neuro
मेलम्ची खानेपानी सुरुङ परीक्षणको क्रममा अस्थायी ड्या्म फुट्यो, दुई जना बेपत्ता, २ घाइते

मेलम्ची, ३० असार । मेलम्ची खानेपानी सुरुङ परीक्षणको क्रममा अस्थायी ड्या्म फुट्दा दुई जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन् ।

Padelux insider
cura insider

साेमबार दिउँसो १२ः३० बजे पानी भरिएको सुरुङको गेट फुट्दा पानीले बगाएर त्याहाँ कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजी २५ वर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएको त्याहाँ कार्यरत कर्मचारी युवराज गिरीले जानकारी दिए ।

त्यस्तै कन्सल्त्यान्ट दोर्जे पेन्बा र इन्जिनियार सेखर खानेल घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चिका प्रहरी निरीक्षक फलबहादुर तामाङ्ले जानकारी दिए ।

घाइते लाई हेलिकप्टरमार्फत काठमान्डौ लाने तयारी भैरहेको तामङ्ले जानकारी दिए ।

बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

गेट फुटेपनि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडीसमेत बगाएको छ ।

थप विवरण आउन बाँकी छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको छ ।

jackson ribon