प्रदेश प्रहरी विधेयक पारित, संघियता कार्यान्वयनमा कोशेढुंगा

रंगेली २९ असार । प्रदेश १ प्रदेश सभाले प्रदेश प्रहरी विधेयक सर्वसम्मतले पारित गरेको छ । प्रदेश सभाको सोमबार बसेको बैठकले प्रदेश प्रहरी विधेयक सर्वसम्मत पारित गरेको हो ।

प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक साता अगाडी विधेयक प्रदेश सभामा पेस गरेको थियो ।

संघले प्रहरी ऐन संशोधन पुरा नगरेकै अवस्थामा प्रदेश १ ले प्रहरी विधेयक परित गरेको हो । संघले जारी गर्दै प्रहरी ऐनमासँग बाझिएको अवस्थामा प्रदेश प्रहरी विधेयकका दफहरु पून संशोधन हुनेछन ।

संघियता कार्यान्वयनमा प्रहरी विधेयक कोशेढुंगा – मन्त्री कार्की

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले संघियता कार्यान्यनलाई बलियो बनाउन प्रहरी विधेयक कोशेढुंगा सावित हुने बताएका छन् ।

सोमबारको प्रदेश सभा बैठकमा सांसदहरुको संसोधन प्रस्तावको जवाफ दिने क्रममा मन्त्री कार्कीले संघियता कार्यान्वयनका लागि प्रहरी विधेयक महत्वपूर्ण सावित हुने बताएका हुन । संघिय प्रहरी ऐन अगाडी नै प्रदेश प्रहरी विधयेक ल्याएको बताए ।

संघको प्रहरी ऐन नआएकोले संसोधन प्रस्ताव स्विकार गर्ने, अस्विकार गर्ने र कतिपय पर्खर हेरको अवस्थामा रहेको उनले बताए ।

संशोधान प्रस्ताव फिर्ता

प्रदेश प्रहरी विधेयक माथि संशोधन प्रस्ताव हालेका सबै सांसदले प्रस्ताव फिर्ता लिएका छन् ।
विधेयक संघिय कानुनको आधारमा निर्माण गर्नु पर्ने भएकोले उनीहरुको अधिकासं संसोधन प्रस्ताव फिर्ता लिएका हुन ।

सांसदले प्रदेश प्रहरीको विधेयकमा प्रहरीको सेवासुविधा, सरुवाबढुवा, कामका आधारमा दिइने नम्बरलगायतका विषयमा संसोधन हालेका थिए ।

संसदको उत्तर दिन रोस्टममा पुगेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले अधिकार प्राप्तिको लडाईमा रहेको बताए । उनले प्रशासनिक, वृत्तिलगातका अधिकार नियन्त्रित रुपमा मात्र पाई रहेको बताए ।

सशोधन प्रस्ताव हालेका सांसद बुद्धिकुमार राजभण्डारीले संघिय कानुनको आधारमा प्रदेशको कानुन निर्माण हुने भएकाले आफ्नो संसोधन प्रस्ताव फिर्ता लिएको बताए ।

सांसद शिवनारायण गनगाईले संघिय कानुनले बाधेकोले खुलेर काम गर्न नपाएको बताए । संसोधन प्रस्ताव फिर्ता लिने क्रममा सांसद उमिता विकले विधेयक अझै परिस्कृत हुने बताएकी थिइन । विमल कार्की, लछुमन तिवारीले पनि दर्ता गरेको प्रस्ताव फिर्ता लिएका छन् ।

Loading...