भारतीय हस्तक्षेपका कारण तराई क्षेत्र डुबानमा – गृहमन्त्री

काठमाडौं, २९ असार । गृहमन्त्री रामबहादुर थापा बादलले भारतको हस्तक्षेपका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताएका छन ।

प्रतिनिधसिभाको राज्यव्यवस्था तथा सुशासन समितिमा भारतको हस्तक्षेपका कारण वर्षौदेखि नेपालले क्षति व्यहोर्दै आएको र त्यसलाई रोक्न नसक्दा नेपाल डुबानमा पर्ने गरेको उनले बताए ।

‘वर्षौदेखि क्षतिहरु हामीले व्यहोरेका छौँ । यो बाह्य हस्तक्षेपको कारणले गर्दा हो । बाह्य हस्तक्षेप रोक्न नसक्दा पनि हामीलाई डुबायो ।’ उनले भने ‘ भारतले समानान्तर रुपमा बाँध बनाउँदा, बाँधरुपी बाटो बनाउँदा पनि हरेक वर्ष तराईमा डुबान हुने गरेको छ । यो एक ढंगले भारतीय पक्षले नेपालमा गरेको हस्तक्षेप नै हो । हामीले राजनीतिक रुपमा भन्दा त्यो हस्तक्षेप नै हो ।’

गृहमन्त्री थापाले भारत सरकारसँग पटक पटक भएका सन्धी सम्झौताहरु कार्यान्वयनमा नआउँदा समस्या भएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेलासमेत सहमति बनेको र अध्ययन समिति समेत गठन भएपनि त्यो कार्यान्वयनको चरणमा जान नसकेको उनले बताए ।

Loading...