अमेरिकी अभिनेत्री केली प्रेस्टनका निधन

विराटनगर, २९ असार । अमेरिकी अभिनेत्री केली प्रेस्टनको निधन भएको छ । दुई वर्षयता स्तन क्यान्सरबाट पीडित प्रेस्टनको आइतबार निधन भएको हो ।

प्रेस्टेनका पति अमेरिकी अभिनेता, गायक तथा पाइलट जोन ट्राभोल्टाले उनको निधनको पुष्टि गरेका छन् ।

९० को दशकमा ‘जेरी म्याकगुइयर’ र ‘फर लव अफ द गेम’ जस्ता चर्चित चलचित्रमा काम गरेकी थिइन ।

प्रेस्टनकी छोरी एला ट्राभोल्टाले लेखेकी छिन्, ‘मैले तपाई जस्तो साहसी, बलियो, सुन्दर र मायालु कसैलाई पनि भेटेको छैन । तपाईसँग विशेष चमक छ, तपाईको व्यत्तित्व नै यस्तो छ कि यसले जो कोहीलाई आनन्दित तुल्याउन सक्छ । यो कुरामा तपाईलाई चिन्ने वा तपाईको उपस्थितीमा रहेका हरेक मानिस सहमति हुनेछन् । तपाईले आफ्नो जीवनलाई यति सुन्दर बनाउनु भएको छ र मलाई थाहा छ तपाईले सधैं त्यसो गरिरहनुहुनेछ । म तपाईलाई धेरै माया गर्छु आमा ।’

प्रेस्टन र ट्राभोल्टाका दुई सन्तान छोरी एला ट्राभोल्टा र छोरा बेन्जामिन छन् ।

Loading...