थप १४४ जनामा कोरोना संक्रमण, १७०५ काेराेना संक्रमण मुक्त

विराटनगर, २९ असार । नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लाे २४ घण्टामा थप १४४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यो सँगै साेमबारसम्म नेपालमा कोरोना संक्रमितकाे संख्या १६ हजार ९४५ पुगेको छ । ती मध्ये ६ हजार ६ सय १३ जना उपचाररत छन । पछिल्लाे २४ घण्टामा देशभरका २५ वटा प्रयाेगशालामा ५ हजार ८ सय५६ जनाकाे काेराेना जाँच भएकाे थियाे ।

डाक्टर गौतमका अनुसार कोरोना संक्रमण मुक्त हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । सोमबारसम्म संक्रमित पुष्टि भएका मध्ये ६०.७ प्रतिशत कोरोना मुक्त भएका छन् ।

Loading...