कोरोना संक्रमण मुक्त हुनेको संख्या दश हजार कट्यो

विराटनगर, २९ असार । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना जित्नेको संख्या १० हजार २ सय ९४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सोमबारसम्म संक्रमितको ६०ं ७ प्रतिशत कोरोना मुक्त भएका छन् ।

Loading...