पुनरकर्जा कोषबाट ३० हजार ऋणीले सुविधा पाउने, किस्ता बुझाउन समय थपिने

काठमाडौं, २९ असार । पुनरकर्जा कोषको रकमबाट ३० हजार ऋणिले सुविधा पाउने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिको सोमबारको बैठकमा मौद्रिक नीतिको तयारी सम्बन्धमा जानकारी दिदै उनले स्थानीय तहमा पुनरकर्जाको पहुँच पुग्ने र कम्तिमा ३० हजार ऋणिले सुविधा पाउने बताएका हुन ।

बैंकको प्रत्येक शाखा कार्यालयले कम्तिमा ५ वटा पुनरकर्जा परिचालन गर्नुपर्ने नीतिगत रहेको उनले बताए । यो व्यवस्थबाट प्रत्येक स्थानीय तहमा कम्तिमा ५ जना ऋणिले पुनरकर्जा सुविधा पाउने उनले बताए ।

अहिलेको व्यवस्था अनुसार सबै ऋणिमा पुनरकर्जाको पहुँच नभएकाले ३७ जना ऋणिले ७ अर्ब बराबरको पुनरकर्जा रकम उपयोग गरेको बताए ।

अप्ठेरो परेको अवस्थामा पुनरकर्जा कोषलाई पाँचगुणासम्म परिचालन गर्न सक्ने गरी नीति निर्माण गरिएको उनले बताए ।

गभर्नर अधिकारीले राष्ट्रिय अर्थतन्त्रलाई अगाडी बढाउन वित्तीय श्रोत साधनलाई परिचालन गर्ने गरी मौद्रिक नीति आउने बताए ।

कोभिड १९ को असर पछि ब्याज र किस्ता बुझाउने समयलाई थप गर्ने र कर्जाको पुर्नतालिकिकरण गर्ने गरी मौद्रिक नीति आउने उनले बताए ।

Loading...