म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध हट्यो

एजेन्सी, २९ असार । इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध फुकुवा भएको छ । सिटीमाथि लागेको २ वर्षको प्रतिबन्धको कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले खारेज गरिदिएको हो ।

सोमबार भएको सुनुवाईमा अदालतले सिटीको पक्षमा फैसला गरेको हो ।

युरोपियन फुटबल महासंघ (यूईएफए) ले सिटीलाई गत फेब्रुवरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।

युईएफएको क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाइएको थियो ।

यस्तै सिटीलाई ३० मिलियन युरोसमेत जरिवाना गरिएको थियो । प्रतिबन्ध लागेपछि सिटीले कासमा अपिल गरेको थियो ।

यससँगै सिटीलाई युरोपियन क्लब प्रतियोगिता खेल्ने बाटो खुलेको छ । यस्तै सिटीको जरिवानासमेत कम भएको छ ।

Loading...