दक्षिण कोरियामा रेम्डेसिभिरको प्रयोगपछि तीन संक्रमितमध्ये एकको अवस्थामा सुधार

विराटनगर, २९ असार । दक्षिण कोरियामा रेम्डेसिभिरको प्रयोगपछि तीन कोरोना संक्रमितमध्ये एक जनाको अवस्थामा सुधार आएको बताइएको छ ।

अमेरिकी औषधि निर्माता गिलियड साइंसेजको एन्टी-भाइरल ड्रग रेम्डेसिभिरलाई २७ जनामा प्रयोग गर्दा ९ जनाको अवस्थामा सुधार आएको दक्षिण कोरियाली अधिकारीहरूले जानकारी दिएका हुन् ।

कोरियाको रोग नियन्त्रण र रोकथाम केन्द्र (केसीडीसी)ले बिभिन्न अस्पतालका २७ जना बिरामीहरूको नतिजा साझा गरेको हो ।

केसीडीसीका उपनिर्देशक क्वोन जुन वूकले औषधी लिने २७ मध्ये ९ जना बिरामीको अवस्था सुधार भएको १५ जना बिरामीको अवस्थामा कुनै फरक नदेखिएको र तीन जनाको अवस्था झनै नाजुक भएको बताएका थिए ।

बिरामीहरूको अवस्थामा सुधार औषधिले गर्दा भएको वा बिरामीको प्रतिरोधक क्षमता र अन्य उपचारहरू जस्ता अन्य कारकहरू गर्दा भएको बुझ्न थप अनुसन्धानको आवश्यक रहेको बताइएको छ ।

भाइरसको लागि अहिलेसम्म कुनै खोप तयार नभएको हुँदा रेम्डेसिभिरको प्रयोगले गम्भीर बिरामी भएका बिरामीहरूको मृत्यु हुने जोखिम घटाउने हुँदा दक्षिण कोरियालगायत धेरै देशहरूले रेम्डेसिभिर औषधिलाई कोरोना भाइरसको कारणले हुने रोगको उपचार गर्न प्रयोग गरिरहेका छन् ।  

Loading...