अभिनेत्री रेखाको घरमा पनि देखियो कोरोना संक्रमण

विराटनगर, २९ असार । बलिउडकी चर्चीत अभिनेत्री रेखाको घरमा पनि कोरोना संक्रमण देखिएको छ ।

भारतीय मिडियाहरूका अनुसार अभिनेत्री रेखाको घरका सुरक्षा कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

रेखाको ‘सि स्प्रिङ’ बंगलाका ६५ वर्षीय सुरक्षा कर्मचारीमा आइतबार कोरोना पुष्टि भएको हो ।

सुरक्षा कर्मचारीलाई अहिले बान्द्रास्थित अस्पतालमा भर्ना गरिएको छ ।

बृहत् मुम्बई निगम नगर (बीएमसी) ले अभिनेत्री रेखाको बन्द्रास्थित बंगलालाई कोरोना संक्रमणको जोखिम भएको सूचना टाँस्नुका साथै सिल गरेको छ ।

बीएमसी प्रतिनिधिका अनुसार पूरै बंगला नभइ त्यसको केही क्षेत्रलाई मात्रै सिल गरिएको र अन्य ठाउँलाई स्यानिटाइज गरिएको हो ।

रेखाको पनि कोरोना परीक्षण हुने र रिपोर्ट चाँडै सार्वजनिक हुने बताइएको छ ।

यसअघि बलिउडका कलाकार अनुपम खेर, बोनी कपुर, आमिर खानलगायतका कलाकारको घरमा कोरोना संक्रमण देखिएको थियो भने अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन कोरोनाबाट संक्रमित भएका छन् ।

Loading...