युनाइटेडलाई शीर्ष तीनमा उक्लिने अवसर

एजेन्सी, २९ असार । इंग्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धामा छ । नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने यस खेलमा युनाइटेडले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेल युनाइटेडको मैदाज ओल्ड ट्राफोल्डमा हुनेछ । यस खेलमा युनाइटेडलाई शीर्ष तीनमा उक्लिने अवसर रहेको छ । हाल युनाइटेड ५८ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

तेस्रो स्थानमा रहेको चेल्सीसँग ६० अंक छ । चेल्सीले युनाइटेडभन्दा एक खेल बढी खेलेको छ । युनाइटेडले आज साउथह्याम्पटनलाई हराएको खण्डमा ६१ अंक बनाउँदै तेस्रो स्थान बनाउनेछ ।

यता, साउथह्याम्पटन भने ४४ अंकका साथ १२औं स्थानमा रहेको छ ।

Loading...