‘द मेट्रिक्स ४’ मा प्रियंका चोपडा

विराटनगर, २९ असार । अभिनेत्री प्रियंका चोपडा फिल्म मेट्रिक्सको चौथो श्रृंखलामा काम गर्ने पक्का भएको छ ।

भारतीय मिडियाहरूले चर्चित एक्सन साइन्स फिक्सन फिल्म ‘द म्याट्रिक्स ४’मा प्रियंका अनुबन्धित भएको जनाकारी दिएका हुन् ।

sdg

सिनेमामा प्रियंकाको साथै क्यारी एनी मोस, नेल प्याट्रिक ह्यारिस र यह अभ्दुल-माटिनको प्रमुख भूमिका रहने बताइएको छ । फिल्मामा प्रियंकाको भूमिकाको बारेमा केही जानकारी भने गराइएको छैन ।

मार्चमा कोरोना महामारी सुरू भएपछि फिल्मको छायांकनको काम रोकिएको हुँदा हालैमात्र बर्लिनमा पुनः काम सुरु भएको छ ।

सिनेमाको सान फ्रान्सिस्कोको छायांकन भने लकडाउन अगावै सकिएको थियो ।

‘द म्याट्रिक्स ४’ दुई वर्षपछि सन् २०२२ को १ अप्रिलमा रिलिज हुने भएको छ ।

प्रियंका ‘द म्याट्रिक्स ४’का साथै राजकुमार रावसँग एक प्रोजेक्टमा पनि काम गरिरहेकी छिन् ।

Loading...