birat ribon

रुसका वैज्ञानिकहरूले कोरोना भाइरसको पहिलो भ्याक्सिन बनाएको दाबी

Neuro
रुसका वैज्ञानिकहरूले कोरोना भाइरसको पहिलो भ्याक्सिन बनाएको दाबी

विराटनगर, २९ असार । करिब सात महिना लामो कोरोना भाइरसको प्रकोपपछि रुसका वैज्ञानिकहरूले कोरोना भाइरसको पहिलो भ्याक्सिन बनाएको दाबी गरेका छन् ।

Padelux insider
cura insider

इन्स्टिच्युट फर ट्रान्सलेशनल मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तरासोवले संसारको पहिलो कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल सफलतापूर्वक पूरा भएको जानकारी गराएका हुन् ।

मस्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले गरेको यो ट्रायलमा भ्याक्सिन मानिसमा सुरक्षित रहेको देखाएको छ ।

१८ जूनमा युनिभर्सिटीले रुसको गेमली इन्स्टिच्युट अफ एपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीद्वारा निर्मित भ्याक्सिनको मानिसमा क्लिनिकल ट्रायल सुरु गरेको थियो ।

सेचेनोफ युनिभिर्सिटीका एक वरिष्ठ अधिकारी एलेक्जेन्डर लुकाशेवले भ्याक्सिन ट्रायलको यो चरणको उद्देश्य भ्याक्सिन मानिसहरूका लागि सुरक्षित छ, छैन भनेर सुनिश्चित गर्नका लागि गरिने र यो ट्रायल सफलतापूर्वक पूरा हुनुका साथै यो भ्याक्सिन मानिसमा पनि सुरक्षित भएको बताएका छन् ।

भ्याक्सिन प्रयोग गरिएको व्यक्तिहरूको एक समूहलाई १५ जुलाई र दोस्रो समूहलाई २० जुलाईमा अस्पतालबाट डिस्चार्ज गरिने भएको छ ।

लुकाशेवले भ्याक्सिनको व्यापक उत्पादन र वितरणका लागि रणनीति तयार भइरहेको समेत जानकारी दिएका छन् ।

jackson ribon