उपाधि होडमा थप बलियो बन्ने दाउमा रियल मड्रिड, आज ग्रानडासँग भिड्दै

एजेन्सी, २९ असार । स्पेनिस ला लिगामा आज उपाधि दाबेदार मानिएको क्लब रियल मड्रिड प्रतिस्पर्धामा छ । नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने सो खेलमा रियलले ग्रानडासँग खेल्दैछ ।

यी दुईबीचको खेल ग्रानडाको मैदानमा हुनेछ । यस खेलमा रियल उपाधि होडमा थप बलियो बन्ने दाउमा रहेको छ ।

रियललाई उपाधिका लागि मात्र दुई जितको खाँचो छ । ग्रानडामाथि जित निकालेमा रियल उपाधिबाट मात्र एक कदम टाढा रहनेछ ।

यद्यपि, रियलले बाँकी रहेका तीनमध्ये एक खेलमा जित र २ खेलमा बराबरी गरे पनि उपाधिका लागि पर्याप्त रहेकाे छ ।

हाल रियल ८० अंकका साथ शीर्ष स्थानमा रहेको छ । साविकको विजेता बार्सिलोनाभन्दा ऊ एक अंकले अगाडि रहेको छ । बार्सिलोनासँग ७९ अंक रहेको छ ।

कोरोना महामारीपछि सुचारु ला लिगाका पछिल्ला आठ खेलमध्ये रियलले सबै खेलमा जित निकालेको छ । यता, बार्सिलोनाले भने नौमध्ये छ खेलमा जित र ३ खेलमा बराबरी खेलेको छ ।

यता, रियलको आजको प्रतिद्वन्द्वी ग्रानडा भने ५० अंकका साथ दसौं स्थानमा छ ।

Loading...