सार्वजनिक यातायात सञ्चालन गर्न मन्त्रीको आग्रह

काठमाडौं, २८ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीहरूसँग कुरा गर्दै मन्त्री नेम्बाङले विशेष परिस्थितिका कारण बन्द हुन पगेको अवस्थामा विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्नु व्यवहारिक नभएकोले सञ्चालन गर्न आग्रह गरे ।

उनले आन्दोलनमा जस्तै माग राख्दै पुरा गर्न दवाव दिने र सम्झौता गरेर अगाडि जाने विषय नभएको स्पस्ट पारे । सबै क्षेत्रका व्यवसायीहरूलाई सरकारले समान व्यवहार गर्ने भएकाले अन्य क्षेत्र खोलिसक्दा पनि व्यवसायीहरूले माग राख्दै खोल्दिनँ भन्न नहुने नेम्बाङले बताए ।

उनले व्यवसायीका सबै चाहनाहरू सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरामा विचार गर्न समेत आग्रह गरे ।

यातायात व्यवसायीहरूले भने सवारी साधन सञ्चालन गर्ने सम्बन्धमा आफूहरूसँग कुनै छलफल नगरी निर्णय गरेकोप्रति असन्तुष्टि जनाए । व्यवसायीहरूले यातायात सञ्चालन गर्न चालक र सहचालकले सुरक्षित नगर्दासम्म समस्या हुने भएकाले आवश्यक स्वास्थ्य सामग्रीसहित व्यवसायीहरूका समस्या सम्बोधन गर्न माग गरे ।

Loading...