इभर्टनमाथि उल्भसको सहज जित

एजेन्सी, २८ असार । इंग्लिस प्रिमियर लिगमा उल्भसले सहज जित निकालेको छ । आइतबार भएको खेलमा इभर्टनले उल्भसमाथि ३–० गोलको सहज जित निकालेको हो ।

आफ्नै मैदानमा भएको खेलमा उल्भसलाई जिताउन राउल जिमेनेज, लेन्दर डेन्दोन्कर र डिएगो जोटाले समान एक–एक गोल गरे ।

उल्भसले पेनाल्टी गोलबाट खेलमा सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा जिमेनेजले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए ।

दोस्रो हाफको सुरुआतमै डेन्दोन्करले गोल गर्दै उल्भसको अग्रता दोब्बर बनाए । खेलको ७४औं मिनेटमा जोटाले गोल गरेपछि उल्भसले ३–० गोलको सहज जित निकाल्यो ।

जितसँगै छैटौं स्थानको उल्भसले ५५ अंक जोड्यो । पराजित इभर्टन भने ४५ अंकका साथ ११औं स्थानमा छ ।

Loading...