भोजपुरमा पहिरोबाट ५ परिवार विस्थापित

भोजपुर, २८ असार । पहिरोका कारण भोजपुरको उत्तर षडानन्द नगरपालिका वडा नम्बर ८ दिङला बजारका ५ परिवार विस्थापित भएका छन् ।

शनिबार राति खसेको पहिरोले घरहरूमा जोखिम बढेपछि ती परिवारलाई अन्यत्र सारिएको प्रहरी जनाएको छ ।

पुरुवा माटोमा बनेका ती घरहरू लगातारको वर्षातले क्षति पुगेको इलाका प्रहरी कार्यालय दिङलाका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए ।

उनका अनुसार ती परिवारलाई स्थानीय सुबास तामाङको घरमा राखिएको छ ।

त्यस्तै षडानन्द नगरपालिका वडा नम्बर ७ केउरेनीपानीमा रुखले किचेर स्थानीय धर्मराज चौहानको घर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

Loading...