प्रिमियर लिग : आज टोटनह्याम र आर्सनल भिड्दै

एजेन्सी, २८ असार । इंग्लिस प्रिमियर लिगमा आज टोटनह्याम हटस्पर र आर्सनलबीचको खेल हुँदैछ । नेपाली समयानुसार राति ९ः१५ बजेबाट सुरु हुने यो खेल टोटनह्यामको मैदानमा हुनेछ ।

यस खेलमा दुवै टोली शीर्ष क्लबहरूसँग अंकदूरी छोट्याउने दाउमा हुनेछन् । टोटनह्याम ४९ अंकका साथ दसौं स्थानमा रहेको छ भने आर्सनल ५० अंकका साथ आठौं स्थानमा रहेको छ ।

साथै यी दुई टोली एकअर्काविरुद्ध जित निकाल्दै अंक तालिकामा माथि उक्लिने योजनामा रहेका छन् ।

कोरोना महामारीपछि सुचारु लिगमा आर्सनलले सात खेल खेलेको छ । जसमध्ये आर्सनलले चार खेलमा जित, २ खेलमा पराजित र एक खेल बराबरी खेलेको छ ।

यता, टोटनह्यामले भने महामारीपछि सुचारु लिगमा पाँच खेल खेलेको छ, जसमा उसले २ खेलमा जित, २ खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेको छ ।

Loading...