लकडाउनका बेला सामान लिन निस्किएका एक व्यक्तिले दुलही लिएर फर्किएपछि…

विराटनगर, २८ असार । लकडाउनका बेला घरका लागि तरकारी र खाद्यवस्तु लिन निस्किएका एक व्यक्तिले फर्किंदा विवाह गरेर दुलही लिएर आएका छन् ।

उत्तर प्रदेशको एक गाउँमा लकडाउनमा बेलामा तरकारि किन्न निस्किएका छोराले कसैकाई खबर नगरी विवाह गरेर अचानक दुलही घर ल्याएपछि उनका आमासहित घरका सबै परिवार छक्क परेका हुन् ।

रिसाएका युवककी आमाले दुलहीलाई आफ्नो घरमा प्रवेश गर्न दिइनन् । परिवारले दुवैलाई पुलिस स्टेशनमा लगेपछि उक्त व्यक्तिले तीन महिनाअघि हरिद्वारमा आफ्नी प्रेमिकासँग विवाह गरेको दाबी गरे ।

लकडाउनका कारण उनीहरूलाई फेरि विवाह गर्ने अनुमति पाउन असम्भव बनाएको हुँदा दुवैले मन्दिरमा पुगेर फेरि विवाह गरेका हुन् ।

विवाह भएको कुनै प्रमाण नभाएको र विवाह गरिदिने पुजारीले पनि लकडाउन हटाएपछि मात्र विवाहको प्रमाणपत्र जारी गर्न सक्ने बताएका रहेछन् ।

युवककी आमा नमाने यी दुईले भाडाको कोठामा बस्ने निर्णय गरे ।

साहिबाबाद प्रहरी चौकी इन्चार्ज इन्स्पेक्टर अनिल शाहीले परिवारका सदस्यहरूलाई दुवै विवाहित व्यक्ति वयस्क रहेको र आफ्नो मन पर्ने केटीसँग विवाह गर्न सक्ने बताउँदै परिवारको आन्तरिक मामिला रहेको स्पष्ट पारेका छन् ।

Loading...