सुन तस्करी प्रकरण : युएईमा पक्राउ परेका खड्का काठमाडौंमा, विराटनगर ल्याइने

विराटनगर, २७ असार । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा पक्राउ परेका सुन तस्करी प्रकरणका आरोपी हरिशरण खडकालाई काठमाडौं ल्याइएको छ । यूएईमा समातिएका खड्कालाई शनिबार काठमाडौं ल्याएको हो ।

खड्कालाई काठमाडौंबाट विराटनगर ल्याइने छ । खड्का विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएकाले थुनछेक बहसका मोरङमा ल्याइनेछ ।

काठमाडौं ल्याइएपनि मोरङ पठाउने बारे टुंगो भइसको छैन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार विराटनगर पठाउने बारे मोरङमा तत्काल कुनै जानकारी छैन् ।

खड्कासहित ७५ जना विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता भएको छ ।

एक दशकदेखि युएईमा खड्का, २०७० सालदेखि गाेरेकाे समुहमा

काभ्रेपलान्चोक वेथानचोक गाउँपालिका– ४ का खड्का १० वर्ष अघि युएई गएका थिए । राेजगारीका लागि युएई गएका उनी २०७० सालमा चुणामणी उप्रेती गारेको समुहका सदस्य बने ।

सुरूमा सुनकाे खरिद गरी नेपाल पठाउन सहयाेगी बनेका खड्का तस्करीकाे सुनकाे लगानीकर्ता पनि बनेका थिए । खड्का गाेरेका विश्वास पात्र पनि हुन ।

हरिशरणले गारेका भाई रमेश, बेनु श्रेष्ठ, सन्दीप खड्का, प्रयास पराजुली, कमल कार्की, संजय अधिकारी, संजय खरेल, शिवानी खरेल, चेतन भन्ने चेतनाथ भण्डारी, शिवकुमार गुभाजु, समिर अधिकारीसहित दुबईबाट सुन ल्याउने र खरिद गर्ने काम गरे । उनले युएईबाट काटमाडौंसम्म ल्याउने काम पनि गरेका थिए ।

उप्रेतीले आपराधिक सञ्जाल विस्तारका क्रममा दुबईमा खड्का लगानीकर्ताको रुपमा सहभागि गराउँदा नेपालमा चाचाजी भन्ने महावीरप्रसाद गोल्यान, सुनिल श्रेष्ठ, रामहरि कार्की, रोशन भुषाल भन्ने गुप्तलाल भुषाल, प्रमोद श्रेष्ठ, राजेन्द्रकुमार शाक्य, अर्जुनप्रसाद खरेल, बिष्णुप्रसाद सुवेदी, रुविन भन्ने रामप्रताप खड्का, गंगाप्रसाद भुर्तेल, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठ, गीता श्रेष्ठ, किसन भन्ने कृष्णगोपाल अग्रवाललाइ नेपालबाट लगानी गर्ने लगानीकर्ताकाे रूपमा भित्र्याएकाे अदालतमा पेस भएकाे अभियोग पत्रमा उल्लेख छ ।

२०७४ माघ पहिलो साता दुबईबाट आएको तस्करीको साढे ३३ किलो सुन चोरी भएपछि गोरेको समुहले सुन खोजी गर्ने क्रममा २०७४ फगुन १७ गते मोरङको उर्लाबारी स्थीति मंगलबारे जंगलमा सनम शाक्यको हत्या गरेको थियो । शाक्य गाेरेका साथि हुन ।

गाेरेसहितकाे समुहले चरम यातना दिने क्रममा ज्यान गुमाएका शाक्यको शव भोली पल्ट बिहान विराटनगरमा स्करपियो भित्र भेटिएको थियो । शव भेटिएपछि अनुसन्धानका क्रममा तस्करीको संगठित सञ्जाल भेटिएको थियो ।

Loading...