मोरङमा एसईई मार्क लेजर इन्ट्री धमाधम

विराटनगर, २७ असार । कोरोना महामारीका कारण एसईई परीक्षामा सहभागि विद्यार्थीको आन्तरिक मुल्याङक गरी माेरङका विद्यालयलहरूले मार्क लेजर शिक्षा समन्वय ईकाईमा बुझाएका छन् ।

निजी तथा सामुदायिक विद्यालयले बुझाएको मार्क लेजर शिक्षा समन्वय ईकाई माेरङका कर्मचारीले कम्युटर सिस्टममा अपडेट गरिरहेका छन् । जिल्लाले गरेकाे उपलब्ध गराएकाे मार्क लेजरका आधारमा परीक्षा बाेर्डले रिजल्ट निकाल्ने छ ।

मोरङमा १८ हजार ५ सय ८३ जना विद्यार्थी एसईईको आन्तरिक मुल्याङकनमा सहभागि भएका छन । ती मध्ये १७ हजार ८ सय ७० जना नियमित, ४४४ प्राविधिक र २६९ आङ्शिक परीक्षार्थी छन् ।

जिल्लामा ३७५ वटा विद्यालयले आन्तरिक मुल्याङकन गरी मार्क लेजर बुझाएको शिक्षा विकास तथा समन्वन इकाई मोरङका प्रमुख दीर्घध्वज चापागाईले जानकारी दिए ।

Loading...