विराटनगरमा दुईसहित प्रदेश १ मा थपिए १३ संक्रमित, ७ जना डिस्चार्ज

विराटनगर, २७ असार । शनिबार प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ सहित प्रदेश १ का चार जिल्लामा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरी र उदयपुरमा ४–४, मोरङमा ३ र झापामा २ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, उदयपुरको बेलकाका ४ पुरुष, मोरङको विराटनगरका २ जना पुरुष, सुन्दरहरैचाका १ पूरुष र झापाको भद्रपुरका २ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ ।

शनिबार प्रदेश १ बाट ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा, इलाम, मोरङका २–२ र सुनसरीका १ जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेहरु असार १२ देखि १७ गते सम्म भर्ना भएकाहरु रहेको अस्पताल व्यवस्थापन समिति सदस्य ध्रुव उरावले जानकारी दिए ।

Loading...