थप ४३१ जनाले जिते कोरोना

विराटनगर, २७ असार । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४३१ जना कोरोना संक्रमण मुक्त भएसँगै नेपालमा कोरोना जित्नको संख्या ८ हजा ४ सय ४२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमक अनुसार नेपालमा कोरोना मुक्त हुनेको संख्या संक्रपमितको संख्या भन्दा आधा छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । ती मध्ये ८ हजार २ सय ३९ जना उपचाररत छन् ।

Loading...