शनिबार थपिए ७० कोरोना संक्रमित

विराटनगर, २७ असार । शनिबार नेपालमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमक अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । ती मध्ये ८ हजार २ सय ३९ जना उपचाररत छन् । ८ हजार ४ सय ४२ जना उपचारपछि कोरोना मुक्त भएका छन ।

Loading...