लायन्स क्लब विराटनगर पाथिभराको रक्तदान कार्यक्रम

विराटनगर, २७ असार । लायन्स क्लब अफ विराटनगर पाथिभराले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ प्रिन्ट रगत संकलन भएको छ ।

विराटनगरस्थित मकालु टेलिभिजनको परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको हो ।

लकडाउनको समयमा रगत अभाव हुन थालेपछि रक्तदान कार्यक्रम गरेको लायन्स क्लब अफ विराटनगर पाथिभराकी अध्यक्ष गंगा खतिवडा शाहले जानकारी दिइन् ।

लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानको वार्षिक १५ हजार प्रिन्ट रगत संकलन गर्ने अभियानअन्तर्गत पछिल्लो हप्ता मात्रै १५ सय ८२ पिन्ट संकलन गरेको छ ।

सो मध्ये पूर्व क्षेत्रबाट मात्रै ८ सय ७९ पिन्ट रगत संकलन गरिएको लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानका रक्तदान कार्यक्रमका संयोजक मोहन अधिकारी जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानका पूर्व डिस्ट्रिक गभर्नर लीला ढुंगेललगायत लायन्सका पदाधिकारीको सहभागिता रहेको थियो ।

Loading...