विराटनगरमा आयोजना हुने राधाकृष्ण रथयात्रा स्थगित

विराटनगर, २७ असार । विराटनगरमा हरेक वर्ष कृष्ण जन्मअष्टमीको अवसरमा आयोजना हुने राधाकृष्ण रथयात्रा स्थगित भएको छ । कोरोना महामारीका कारण २८ साउनमा आयोजना हुने राधाकृष्ण रथयात्रा स्थगित भएको हो ।

कोरोना संक्रमण जोखिम बढेकाले यात्रा स्थगित गरेको श्रीराधाकृष्ण रथयात्रा सञ्चालक समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

शनिबार पत्रकार सम्मेलन गर्दै उनले कोरोना संक्रमणको जोखिम भएकाले सार्वजानिक रुपमा रथयात्रा नगर्ने निर्णय भएको बताए ।

साउन १५ देखि २७ गतेको झुलन महोत्सव र २८ साउनको राधाकृष्ण रथयात्रा सार्बजनिक रुपमा गर्न नसक्ने तर कार्यसमितिले चुनेका समिति तथा पदाधिकारी र पण्डितहरुले आन्तरिक रुपमा आयोजना गर्ने उनले बताए ।

विराटनगरको यो रथयात्रामा वार्षिक रुपमा पाँचलाख भक्तजन सहभागि हुने अनुमान छ विस् १९८८ सालदेखि सुरु भएको खटयात्रा विस् २०२५ सालयता रथयात्रा गरिदै आएको छ ।

Loading...