गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ७६

पोखरा, २७ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १७६ पुगेको छ ।

शनिबार बिहान थप १४ जनामा संक्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा तनहुँका ४ जना, म्याग्दी र कास्कीका समान २–२ जना र स्यांजा र बाग्लुङका समान ३–३ जना गरी थप १४ जना पुरुषमा संक्रमण देखिएको हो ।

Loading...