पर्वतका २० जनाले जिते कोरोना

पर्वत, २७ असार । पर्वतमा थप २० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोना पुष्टि भई अस्थायी कोरोना अस्पतालमा भर्ना भएका २० जनाको दोस्रो पटकको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई डिस्चार्ज गर्न थालिएको हो ।

पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार आज डिस्चार्ज हुनेमा १८ जना पुरुष र २ जना महिला रहेका छन् । जिल्लामा कुल संक्रमित ९१ रहेकोमा निको हुनेको संख्या ७१ पुगेको छ ।

अब आईसोलेसनमा रहेकाको संख्या २० जना मात्रै रहेको छ ।

जिल्लामा संक्रमित हुने दर घट्दै गइरहेको पर्वत अस्पतालले जनाएको छ । पछिल्लो १ हप्तामा यहाँ मात्र १ जना संक्रमित भेटिएका छन् । क्वारेन्टाइनमा बसेकाहरुको पनि रिर्पोट नेगेटिभ आउन थालेको छ । आज मात्रै क्वारेन्टाइनमा बसेकाहरूमध्ये १९ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

Loading...