birat ribon

खोला किनारमा महिलाको शव

Neuro
खोला किनारमा महिलाको शव

विराटनगर, २६ असार । मोरङ र सुनसरीको सीमाना भएर बग्ने बूढीखोला किनारमा शुक्रबार एक महिलाको शव भेटिएको छ ।

Padelux insider
cura insider

खोलाले बगाएर मृत्यु भएको अवस्थामा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारकी ४५ वर्षीया कमला आचार्यको शव फेला परेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले मोरङको बुढीगंगा गाउँपालिका–६ ऐलानपुर भन्ने स्थानमा शव भेटिएपछि घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

बिहान ३ बजे घरबाट उठेर हिँडेकी कमलाको खोलाले बगाएर मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ ।

उनी कुन कामले घरबाट निस्किएकी थिइन् भन्ने बारेमा खुल्न बाँकी छ भने परिवारका सदस्यले पनि यस बारेमा खुलाउन सकेका छैनन् ।

jackson ribon