birat ribon

लक्ष्मीमार्गमा दुई दशकपछि खानेपानी

Neuro
लक्ष्मीमार्गमा दुई दशकपछि खानेपानी

बेलबारी, २६ असार । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको डागिहाट खानेपानि तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको वितरण सुरु गरेको छ ।

Padelux insider
cura insider

२०५६ सालमा तत्कालीन डाँगीहाट गाविसका बासिन्दाका लागि डाँगीहाट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन भएको थियो । २१ वर्षमा ५ वटा उपभोक्ता समिति फेरिएका छन् । पाँचाैं उपभोक्ता समितिले वितरण गर्न सुरु गरेको छ ।

१ लाख लिटर क्षमताको ट्यांकी सञ्चालन ल्याएर धारा वितरण गर्न सुरु गरीएको समितिका अध्यक्ष शिवकुमार राईले बताए ।

२ सय ५० देखि ३ सय परिवारलाई धारा वितरण गर्ने लक्ष्य लिएको उनले बताए । ७ सयदेखि १ हजार परिवारलाई पानी क्षमताले पुग्ने राईको भनाइ छ ।

jackson ribon