birat ribon

सोलुमा बस्ती नजिकै पहिरो, २५ घर जोखिममा

Neuro
सोलुमा बस्ती नजिकै पहिरो, २५ घर जोखिममा

विराटनगर, २६ असार । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाको एउटा बस्ती पहिरोको उच्च जोखिममा परेको छ । अविरल वर्षासँगै आएको बस्ती नजिकै आएको पहिरोका कारण माप्य दूधकोशी गाउँपालिका–४ काँकुका २५ घर जोखिममा परेका हुन् ।

Padelux insider
cura insider

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जोनाथन राईका अनुसार बिहीबार बस्ती नजिकै पहिरो आएको थियो । छेउमै पहिरो आएका कारण बस्ती जोखिममा परेको उनले बताए ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो बस्तीमा माटो र ढुंगाले बनेका २५ वटा घर जोखिममा छन् । पहिरोका कारण केही घरलाई असर पनि गरेको छ । वर्षा निरन्तर रहेकाले बस्ती उच्च जोखिममा रहेको प्रहरीले बताएको छ ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राईले पहिरो प्रभावित क्षेत्रको प्राविधिक पक्ष अध्ययन भइरहेको बताए । ‘पहिरो गएपछि टोली पठाएर अध्ययन गर्न लगाएका छौं,’ उनले भने, ‘आज कार्यालयमा रिपोर्ट आइपुग्छ ।’ उनका अनुसार पहिरो गएको स्थान काँकुको सानो बस्ती घेनाफू नजिकै हो ।

jackson ribon