इलाम, २६ असार । इलाममा ट्याक्टर पल्टिाँदा एक बालकसहित दुईजनाको मृत्यु भएको छ ।
इलामको माई नगरपालिका–१ पालटारमा भएको दुर्घटनामा स्थानीय २१ वर्षीय सुजन विश्वकर्मा र ट्याक्टरमा सवार रहेका ११ वर्षीय बालक नितेश गिरीको मृत्यु भएको हो ।
बिहीबार दिउँसो साँढे २ बजेको समयमा खेत जोतेर फर्कँदै गरेको मे १ त ७४४० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो ।
सो दुर्घटनामा घाइते भएका ट्याक्टर चालक विश्वकर्मा र ट्याक्टरमा सवार गिरीलाई उपचारको लागि झापा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
सोही ट्याक्टरमा रहेका अर्का घाईते १९ वर्षीय समीर विश्वकर्माको झापाको बिएण्डसी. अस्पतालमा उपचार भइरहेको छ ।