टोटनह्यामले बराबरी अंक बाँड्यो

एजेन्सी, २६ असार । इंग्लिस प्रिमियर लिगमा टोटनह्याम बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा टोटनह्यामले बर्नमाउथसँग गोलरहित बराबरीमा रोकिएको हो ।

बर्नमाउथको मैदानमा भएको खेलमा दुवै टोलीले निर्धारित समय गोल गर्न सकेनन् । बराबरीसँगै टोटनह्यामले सातौं स्थानमा उक्लिने अवसर गुमाएको छ ।

हाल ऊ ४९ अंकका साथ नवौं स्थानमा छ । आठौं स्थानमा रहेको आर्सनलसँग ५० तथा सातौं स्थानको सेफिल्ड युनाइेटसँग ५१ अंक छ ।

बर्नमाउथ भने २९ अंंकका साथ रेलिगेशन जोनमा रहेको छ ।

Loading...