सिरी ‘ए’ : इन्टर बराबरीमा रोकियो

एजेन्सी, २६ असार । इटालियन सिरी ‘ए’मा इन्टर मिलान बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा इन्टरले भेरोनासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

भेरोनाको मैदानमा भएको खेलमा घरेलु टोलीले खेलको दोस्रो मिनेटमा नै अग्रता बनाएको थियो । डार्को लाजोभिकले सुरुआती दुई मिनेटमा गोल गर्दै पहिलो हाफमा अग्रता दिलाए ।

खेलको ४९औं मिनेटमा एन्टोनियो कान्ड्रेभाले गोल गरेपछि इन्टर बराबरीमा फर्कियो । ५५औं मिनेटमा फेडेरिको डिमार्कोले आत्मघाती गोल गरेपछि इन्टरले खेलमा अग्रता (बनाएको थियो ।
तर, खेलको ८६औं मिनेटमा भेरोनाका मिगुएल भेलोसोले गोल गरेपछि खेल बराबरीमा रोकिएको हो ।

बराबरीसँगै चौथो स्थानको इन्टरले ६५ अंक बनाएको छ । भेरोना भने ४३ अंकका साथ नवौं स्थानमा छ ।

Loading...